आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् डाइभर्सन बनाएर सञ्चालनमा आएको वीपी राजमार्ग

बिहीबार, १७ पुस २०८२, ०९ : २५
बिहीबार, १७ पुस २०८२

सारांश

  • गत वर्षको बाढीले वीपी राजमार्गको कटुञ्जेबेशी लगायतका सडकखण्डमा क्षति पुर्यायो, जसले गर्दा डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ।
  • खोलाबाट बनाइएको अस्थायी सडकका कारण यात्रुलाई जोखिम र समयको वृद्धि भएको छ, साथै धुलो नियन्त्रणका लागि पानी हाल्दा दुर्घटनाको सम्भावना बढेको छ।
  • राजमार्ग पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान छ, तर स्रोत अझै सुनिश्चित भएको छैन।

काभ्रे । गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिराले क्षतिग्रस्त वीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर संचालन भइरहेको छ ।  बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको छ । 

खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ । 

BP Highway (2)

यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुन्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन । 

BP Highway (3)

सो राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

BP Highway (4)

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि वीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

BP Highway (5)BP Highway (6)BP Highway (7)BP Highway (8)BP Highway (9)BP Highway (10)BP Highway (11)BP Highway (12)BP Highway (13)BP Highway (14)BP Highway (15)BP Highway (16)BP Highway (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप