ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइने
पर्सा । ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ ।
गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा पारेर यस वर्ष पनि २११औँ विजय यही पुस १९ गते भव्य कार्यक्रम गरेर उत्सव मनाउन लागिएको पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले बताए ।
उनले विभिन्न कालखण्डमा भएको क्रान्तिले मुलुकभित्र सत्ता मात्रै परिवर्तन गरे पनि विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबीच भएको युद्धले नेपाल जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरणमा विजय उत्सव मनाउन लागिएको बताए ।
“गोर्खाली सेनाले पर्सागढीको युद्ध जितेकाले नेपाल नेपालको रूपमा रहिरहेको छ । त्यसैले पनि त्यो खास विजयलाई चिरस्थायी बनाउन पनि विजय उत्सव मनाउन लागेका हौँ”, नगरप्रमुख पाठकले भने, “अन्य नेपालका गढीहरू व्यवस्थित भए पनि पर्सागढी जग्गाको किचलोको कारणले व्यवस्थित गराउन समस्या भइरहेको छ । त्यसमा पनि यसपटकको समारोहले ध्यानाकर्षण गर्नेछ ।”
श्रीजङ्ग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्कीले ब्यान्डबाजा, सेनाको ऐतिहासिक वेशभूषासहित पदयात्रा गरिने जानकारी दिए ।
पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा विजयउत्सव मनाउन लागिएको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढी जङ्गल क्षेत्र स्थानीयले कब्जा गर्दा यहाँ अन्य संरचना बनाउन समस्या भइरहेको गुनासो गरे ।
विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्र्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।
साबिक गाउँ झिगना, पचरुखी, चैनपुर, बागिश्वरी, बागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो सङ्ख्यामा स्थानीय हातहतियारसहित भैँसी तथा राँगाको सिङमा मसाल बाँधी दुवै खोलाको मुहान र दोभान छाडी गोर्खाली फौजको ठूलो सङ्ख्या आएको भान पारी अङ्ग्रेजलाई त्यहाँबाट भगाएको कथन छ ।
यहाँ पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कुलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ । समितिका अध्यक्ष चौधरीले पुराना हतियार सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण