मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

आजदेखि खुल्यो रसुवागढी नाका, चीनतर्फ जान थाले कन्टेनर

बिहीबार, १७ पुस २०८२, ११ : ०७
बिहीबार, १७ पुस २०८२

सारांश

  • ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ।
  • चीनबाट सामान आयातका लागि कन्टेनर पठाउन थालिएको छ।
  • लेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नाका ठप्प थियो।

काठमाडौँ । ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आज (बिहीबार) देखि साे नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएका हुन् ।

साे नाका हुँदै चीनबाट सामान आयातका लागि कन्टेनर पठाउन थालिएको छ । ‘आज बिहानैदेखि नेपालबाट खाली कन्टेनर चीनतर्फ पठाउन थालिएको छ,’ भट्टराईले भने, ‘चीन तर्फबाट पनि कन्टेनर आउने क्रममा छ । अहिले आइपुगेका भने छैनन् ।’

गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएपछि उक्त नाका ठप्प थियो । उक्त स्थानमा चीनले बेलिब्रिज जडान गरी आजदेखि सञ्चालनमा आएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप