अपडेट
रसुवागढी नाका सञ्चालनमा आएको पहिलो दिन नेपाल भित्रिए २७ कन्टेनर
बिहीबार, १७ पुस २०८२, १७ : ३१
सारांश
- ६ महिनापछि रसुवागढी नाका खुलेर मालवस्तु आयात सुरु भएको छ।
- पहिलो दिन २७ वटा कन्टेनर मालवस्तुसहित नेपाल भित्रिएका छन्।
- चीनले बेलिब्रिज जडान गरेपछि नाका सञ्चालनमा आएको हो।
काठमाडौँ । ६ महिनापछि खुलेको नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीबाट मालवस्तु आयात हुन थालेका छन् ।
बिहीबार सञ्चालनमा आएको पहिलो दिन नै २७ वटा कन्टेनर मालवस्तुसहित नेपाल भित्रिएका भन्सार कार्यालय रसुवाका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
नेपाल भित्रिएका उक्त कन्टेनर भन्सार जाँचपास हुने क्रममा रहेका छन् ।यस्तै आजै २८ वटा कन्टेनर मालवस्तु आयातका लागि चीनतर्फ गएका छन् ।
गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएको थियो । उक्त पुल भएको स्थानमा करिब ६ महिना लगाएर चीनले बेलिब्रिज जडान गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण