देउवाले भेट्न मानेनन् गगन र विश्वलाई
सारांश
- शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्न समय दिएनन्।
- भेटघाट शुक्रबारका लागि सारिएको छ, पार्टीका मुख्यसचिवले जानकारी दिए।
- महामन्त्रीद्वयले पुस २७ र २८ गते भृकुटीमण्डपमा बैठक बोलाएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्न समय दिएनन् । अपराह्न ५ बजेका लागि भेट्ने समय दिए पनि अन्तिममा आफूले नभ्याएको भन्दै शुक्रबार भेट्ने जानकारी देउवाले महामन्त्रीद्वयलाई गराएका थिए । उनीहरूसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि राखेर भेट्ने तयारी थियो, अन्तिममा एकाएक स्थगित गरियो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सभापति देउवाले नभ्याएकाले भेटघाट नभएको जानकारी दिए । उनले शुक्रबार सभापतिको अनुकूल समयमा महामन्त्रीद्वयलाई आफू वा भानु देउवा (देउवाका स्वकीय सचिव) ले बोलाउने जानकारी गराइएको जानकारी दिए ।
‘आज भेट्ने भन्ने कुरा थियो । तर, सभापति अन्य काममा व्यस्त हुनुपर्ने भएकाले भ्याउनुभएन,’ मुख्यसचिव पौडेलले भने, ‘भोलि सभापतिज्यूको अनुकूल समयमा महामन्त्रीद्वयलाई आफू वा भानु देउवा (देउवाका स्वकीय सचिव) ले बोलाउने जानकारी गराइएको छ ।’
महामन्त्रीद्वय थापा र शर्माको निर्देशनमा पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण