बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

बालुवाटारबाट नगद तथा गरगहनासहित एक जना पक्राउ

बिहीबार, १७ पुस २०८२, १९ : ३०
बिहीबार, १७ पुस २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठुलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले यही पुस १२ गते ठूलो रकम चोरी गरेर फरार रहेका उनलाई दाङ प्रहरीको सहयोगमा नगदसहित पक्राउ गरिएको जानकारी दिए।

यही पुस १२ गते राति चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङसमेतको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी उनलाई काठमाडौँ ल्याइएको छ ।

उनको साथबाट प्रहरीले रु ६५ लाख १७ हजारसहित चाँदीको ब्रास्लेट थान १५, चाँदीको सिक्का थान २८ र चाँदीजस्तो देखिने सेतो धातु थान एक र ल्यापटप बरामद गरिएको उपत्यका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप