अपडेट
सरकार र डा. निकोलस भुसालबिचको वार्ता विफल
बिहीबार, १७ पुस २०८२, २१ : ११
काठमाडौँ । सरकार र अनशनरत डा. निकोलस भुसालबिचको वार्ता विफल भएको छ ।बिहीबार भुसालसँगै हरिश विष्टको अनशन तोडाउन सरकारले गरेको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । शुक्रबार फेरि वार्ता हुने बताइएको छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट पछिल्लो दश दिनदेखि आमरण अनशनमा छन् ।
माइतीघरमा अनशन बस्दै आएका दुवैको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । बुधबार बेलुकी अस्पताल पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालले डा. भुसालसँग भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण