भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
भक्तपुर । भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले भक्तपुरले आज यसबारे जानकारी दिँदै भक्तपुरमा एक लाख पाँच हजार २६५ महिला, एक लाख १४० पुरुष तथा पाँच जना अन्य मतदाता रहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम जिसीका अनुसार भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता गरी कूल एक लाख सात हजार ५४ मतदाता रहेका छन् ।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँच जना अन्य मतदाता गरी कूल ९८ हजार ३५६ मतदाता रहेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कूल ७६ मतदानस्थल र २३३ मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण