सौगात र सिम्रनको ‘बब डाई’ ले सक्यो छायाङ्कन
सारांश
- सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र 'बब डाई' को छायाङ्कन ४२ औँ दिनमा सकियो।
- चलचित्रका निर्देशक प्रवीण श्रेष्ठका अनुसार, छायाङ्कन काठमाडौँको चन्द्रागिरि र कीर्तिपुरमा गरिएको थियो।
- यो चलचित्रमा कीर्तिपुरका एक युवाको कथा रहेको छ, जसमा सौगात मल्लले 'बब डाई' को भूमिका निर्वाह गरेका छन्।
काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’ को ४२ औँ दिनमा छायाङ्कन सकिएको छ । काठमाडौँको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका भित्रका स्थानहरूमै सम्पूर्ण छायाङ्कन सकिएको चलचित्रका निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए ।
प्रवीणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ । दुई गीत बाहेक स्क्रिप्टका दृश्यका सम्पूर्ण छायाङ्कन सकिएको निर्देशक श्रेष्ठले बताएका छन् । गीतको छायाङ्कन केहि साता पछि गरिनेछ ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रमा कीर्तिपुरको एक युवाको कथा छ । अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन् । निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाइलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो ।
चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । चलचित्र सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय छ ।
चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रवीन्द्र प्रजापति कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण