ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासप्रति अमेरिकाको आपत्ति
सारांश
- चीनले ताइवान वरपर सैन्य अभ्यास गरेपछि ताइवानले विरोध जनायो।
- अमेरिकाले चीनको सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै वार्ताका लागि आग्रह गरेको छ।
- अमेरिकाले ताइवानको शान्ति र स्थिरतालाई समर्थन गर्ने बताएको छ।
काठमाडौं । चीनले ताइवान आसपासको क्षेत्रमा ३१ डिसेम्बरसम्म सैन्य अभ्यास गर्यो । चीनको उक्त कार्यलाई लिएर ताइवानले कडा विरोध जनाएको थियो । अब अमेरिकाले पनि चीनले ताइवान नजिकै गरेको सैन्य अभ्यासप्रति आपत्ति जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ताइवान र यस क्षेत्रका अन्य पक्षहरूप्रति चीनको सैन्य गतिविधि र भाषाले अनावश्यक रूपमा तनाव बढाइरहेको छ । हामी चीनलाई संयम अपनाउन, ताइवान विरुद्ध सैन्य दबाब बन्द गर्न र बरु अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं ।’
अमेरिकाले ताइवानको शान्ति र स्थिरतालाई समर्थन गर्ने, बल प्रयोग गरेर वा जबर्जस्ती गरेर वर्तमान स्थितिमा कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्ने बताएको छ ।
चीनको उक्त सैन्य अभ्यासलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको थियो । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ, तर ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण