भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छ : गृहमन्त्री अर्याल
शुक्रबार, १८ पुस २०८२, १८ : १९
काठमाडाैँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने बताए छन्।
भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एकदिनको सचेतना फैल्याएर सकिने कार्यक्रमको रुपमा सिमित गर्नु नहुने बताए ।
उनले यसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सरक्षित बसोवास र सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने दीर्घकालीन जनचेतना अभियानको रुपमा रुपान्तरण गर्नुपर्ने बताए ।
भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाट हुने भएकाले स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण