वैशाखमा महाधिवेशन गर्ने निर्णयमा ५ नेताको फरक मत
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यसम्पादन समितिको निर्णयमा ५ नेताले फरक मत राखेका छन् ।
पुस २६–२८ गतेसम्मको महाधिवेशन तालिका परिवर्तन गरी वैशाख २८–३१ मा गर्ने पारित गर्दा ३ पदाधिकारीसहित ५ नेताले फरक मत राखेका हुन् ।
निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरले फरक मत राखेका छन् । त्यस्तै कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले पनि फरक मत राखेका छन् ।
बैठकपछि महामन्त्री थापाले आफूहरूले फरक मत राखेको पनि जानकारी दिए ।
‘बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भयो । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो। हामीले फरक मत राख्यौँ तर प्रस्ताव बहुमतले पारित भयो,’ महामन्त्री थापाले भने ।
उनीहरूले बैठकमा नियमित तालिका ल्याएपनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण