शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अष्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङको बिदाइ

शुक्रबार, १८ पुस २०८२, २३ : ०५
शुक्रबार, १८ पुस २०८२

सारांश

  • टेनिस खेलाडी शिभाली गुरुङलाई अष्ट्रेलियन ओपन खेल्न शुक्रबार बिदाइ गरियो।
  • शिभाली अष्ट्रेलियन ओपन अन्तर्गतको अन्डर १४ इलिट ट्रफी खेल्न जाँदैछिन्।
  • भाटभटेनी ग्रुप र इन्फिटिनीले शिभालीको टेनिस करियरमा सहयोग गरेका छन्।

काठमाडौँ। अष्ट्रेलियन ओपनको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङको शुक्रबार बिदाइ गरिएको छ । भाटभटेनी ग्रुप र इन्फिटिनीले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर शिभालीको औपचारिक रूपमा बिदाइ गरेका हो। टेनिसकी युवा खेलाडी शिभालीले यसै महिना अष्ट्रेलियन ओपन अन्तर्गतको अन्डर १४ इलिट ट्रफी प्रतियोगिता खेल्दैछन् । 

एसियाका शीर्ष वरियताका १४ वर्ष मुनिका खेलाडीलाई ग्रान्डस्लाम अनुभव प्रदान गर्ने उद्धेश्य टेनिस अष्ट्रेलियाले यो इभेन्टलाई समावेश गरेको छ । एसियाको शीर्ष वरियतामा रहेर ग्रान्डस्लाम प्रतियोगिता अन्तर्गतको इलिटी ट्रफी खेल्ने शिभाली पहिलो नेपाली खेलाडी बनेकी छिन् । शिभालीको टेनिस करियरलाई सहयोग गर्दै आएको भाटभटेनी ग्रुपले शुक्रबार शिभालीलाई औपचारिक रूपमा बिदाइ गरेको हो । 

भाटभटेनी ग्रुपका कार्यकारी निर्देशक कल्याण गुरुङ, टेनिस संघका अध्यक्ष मनोहरदास मुल, इन्फिनिटीका सह–संस्थापक प्रविन गुरुङ लगायतले शिभालीलाई अष्ट्रेलिया यात्राको शुभकामना दिएका थिए । 

भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले कठिन समयमा पनि खेलाडी र खेलकुदप्रति सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले ग्लोबल प्रतियोगितामा शिभालीको सहभागिता नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताए । अष्ट्रेलिया जान लागेकी शिभालीले कर्पोरेट क्षेत्रको सहयोग बिना यो यात्रा सम्भव नरहेको बताउँदै अहिलेसम्मको सहयोगका लागि भाटभटेनी ग्रुपलाई धन्यवाद दिईन् । शिभालीलाई एसियाको शीर्ष खेलाडी बन्न सहयोग पुर्‍याउने उद्देश्यले गत वर्ष भाटभटेनीले २० लाख रुपैयाँको प्रायोजन गरेको थियो । अष्ट्रेलिया यात्रामा शिभालीलाई इन्फिनिटीले अपेरियल सहयोग उपलब्ध गराउनेछ । 

कार्यक्रममा भाटभटेनी ग्रुपले बाल क्रिकेटर अर्पित कार्कीलाई १० लाख रुपैयाँको प्रायोजन समेत घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप