धुलिखेलमा ‘डी–टाउन बास्केटबल एकेडेमी’ स्थापना
सारांश
- धुलिखेलमा डि–टाउन बास्केटबल एकेडेमी स्थापना भएको छ, जसले खेलकुदको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।
- नगर प्रमुखले खेलाडीलाई बास्केटबल हस्तान्तरण गर्दै एकेडेमीको शुभारम्भ गरे, र कोर्ट बनाउने योजना बनाएको बताए।
- एकेडेमीले खेलाडी उत्पादन र व्यवसायिकतामा जोड दिनेछ, र हक्की रंगशाला तथा कभर्ड हल निर्माण भइरहेको छ।
काभ्रेपलान्चोक । धुलिखेल नगरमा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले डी–टाउन बास्केटबल एकेडेमी स्थापना गरिएको छ ।
एकेडेमीको धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जूले शुक्रबार प्रशिक्षित खेलाडीलाई बास्केटबल हस्तान्तरण गरी शुभारम्भ गरे । एकेडेमीमा करिब चार दर्जन खेलाडीले पहिलो चरणमा प्रशिक्षण लिने कार्यक्रम रहेको जनाइएको छ । एकेडेमीको शुभारम्भका अवसरमा नगर प्रमुख ब्याञ्जूले नगरका अन्य खेलसँगै बास्केटबलले औपचारिक रूपमा स्थापित हुने अवसर जुराएको जनाउँदै चालु आर्थिक वर्षभित्र नगरका विद्यालय हाताभित्र एक र बाहिर खुल्ला स्थानमा एक गरी दुई बास्केटबल कोर्ट निर्माण गर्ने गरी योजना बनाएको जानकारी दिए। उनले अब एकेडेमीमार्फत खेल क्षेत्रको संरक्षण र प्रवर्द्धन, खेलाडीको उत्पादन तथा क्षमता अभिवृद्धि र समग्र खेल क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्ने बताए ।
सो अवसरमा बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष पवन थापा, जिल्ला अध्यक्ष शिव थापाले देशभर र अन्तर्राष्ट्रियस्तरमा बास्केटबलको आकर्षण बढिरहेको जनाउँदै स्थानीय सरकारको सहयोग र समन्वयमा खुलेको एकेडेमीले खेलाडीको उत्पादन र व्यवसायीकामा जोड दिएका थिए ।
धुलिखेलमा हक्की सङ्घ एसोसिएसनको सहयोगमा धुलिखेल –११ मा रु २३ करोडको लागतमा हक्की रङ्गशाला निर्माण सुरु गरिएको छ । त्यस्तै यसै वर्ष रु दुई करोड ३७ लाखमा कर्भड–हल निर्माण प्रारम्भ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण