रास्वपाबाट ५ जनाले फिर्ता लिए समानुपातिक उम्मेदवारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
- उम्मेदवारी फिर्ता लिने घोषणा गर्नेहरूमा डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पा रहेका छन्।
- आशिफ शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट एक नम्बरमा थिए भने त्रिशला गुरुङ गायिका तथा चिकित्सक हुन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । सो पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् ।
शनिबार युवा उद्यमी ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । त्यसअघि लावती, गुरुङ, शाह र शेर्पाले उम्मेदवारी फिर्ता लिने घोषणा थिए ।
अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट एक नम्बरमा थिए । उनी रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुन् ।
त्यस्तै गुरुङ गायिका तथा चिकित्सक हुन् भने शेर्पा पर्वतारोही हुन् । शेर्पा फोर्टिन पिक्स एक्सपिडिसनका सीईओसमेत हुनु । उनी हालै रास्वपामा प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन् ।
त्रिशलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट पछि हट्ने जानकारी दिएकी थिइन् । डा.लावती भने प्राध्यापन पेसामा संलग्न छन् ।
सचिन उद्योगपति चन्द्र ढकालका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण