चिनियाँ समकक्षीको निमन्त्रणामा पाकिस्तानी विदेशमन्त्री बेइजिङ प्रस्थान
सारांश
- पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इसहाक डार चीनको औपचारिक भ्रमणमा गएका छन्।
- उनी चीन र पाकिस्तानको रणनीतिक संवादमा सहभागी हुनेछन्, जसमा दुई देशबीचको कूटनीतिक सम्बन्धबारे छलफल हुनेछ।
- भ्रमणमा दुई देशबीचको द्विपक्षीय सहयोग र साझेदारीका नयाँ क्षेत्रहरू पहिचान गरिनेछ।
इस्लामाबाद । पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इसहाक डार चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी आइतबार, ४ जनवरीमा आयोजना हुने सातौँ पाकिस्तान–चीन रणनीतिक संवादमा सहभागी हुन चीनतर्फ लागेका हुन्।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार डारले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मिलेर उक्त उच्चस्तरीय संवादको सह-अध्यक्षता गर्ने कार्यक्रम तय भएको छ। सन् २०२६ मा चीन भ्रमण गर्ने पहिलो विदेशी नेताका रूपमा इसहाक डार बेइजिङ पुग्दैछन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको विशेष निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबिचको कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा दुई देशबिचको द्विपक्षीय सहयोगका सम्पूर्ण आयामहरूको समीक्षा गरिनुका साथै साझेदारीका नयाँ क्षेत्रहरू पहिचान गरिने मन्त्रालयले जानकारी दिएको छ।
यस वार्ताले पाकिस्तान र चीनबिचको ‘अल वेदर स्ट्र्याटेजिक कोअपरेटिभ पार्टनरसिप’ अर्थात् सबै मौसमका लागि रणनीतिक साझेदारीलाई अझ सुदृढ र विस्तार गर्ने लक्ष्य राखेको छ। दुई मन्त्रीहरूबिच हुने छलफलले क्षेत्रीय सुरक्षा, आर्थिक करिडोर र आपसी हितका विविध विषयमा सहकार्यको नयाँ खाका तयार पार्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण