अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैत १५ गतेभित्र अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न सूचना जारी गरेको छ।
- सूचीकरणका लागि व्यक्ति, समुदाय वा संस्थाले तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
- गत वर्ष ललितपुरको योमरीलाई अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरिएको थियो।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५ गतेभित्र अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले सूचीकरणसँग सम्बन्धित दिग्दर्शनमा उल्लेख भएबमोजिम आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन र आन्तरिक फारम मन्त्रालयको ‘वेबसाइट’मा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिन आह्वान गरिएको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाले जानकारी दिए । सम्पदा सूचीकरणका लागि चैत १५ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने उनले सुनाए ।
आवेदन साथ कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा सम्पदाको पूर्ण विवरण, सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति, सम्पदाको तस्बिर, श्रव्य तथा दृश्य, हालसम्मको पुस्तान्तरणसम्बन्धी आवश्यक विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस, स्थानीय तहमा सूचीकरण भएको भए सोको प्रमाणलगायत सामग्री संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत वर्ष आह्वान गरेको सूचनाअनुसार ललितपुरको मौलिक खाद्य परिकार योमरी अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण