एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
सारांश
- गण्डकी प्रदेशमा आठ जिल्लाका कविहरू एउटै मञ्चमा भेला भएर कविता वाचन गरे।
- कवि गोष्ठीमा प्रगतिशील धारका कविता प्रस्तुत गरिएको थियो, जसले परिवर्तनको चाहनालाई उजागर गर्यो।
- लेखक सङ्घका अनुसार, साहित्य समाजप्रति उत्तरदायी हुनुपर्छ र नयाँ पुस्ताका कविहरूको प्रस्तुति आशाजनक छ।
गण्डकी । प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी र पर्वतका राजकुमार निरञ्जन सुनिए ।
कविहरूले विभिन्न विषय र मुद्दामा प्रगतिशील धारका कविता प्रस्तुत गरे । गोष्ठीमा वाचित कविताले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो रहेको सन्देश दिएको साहित्यकार नारायण मरासिनीले बताए। कविताले नेपाली समाजको प्रतिनिधित्वमात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको उनको भनाइ छ ।
प्रलेस गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिए । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै उनले गण्डकी प्रदेशका नवपुस्ताका कविहरूको प्रस्तुति आशालाग्दो देखिएको बताए । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
आफूले के लेख्दैछु, किन र कसका लागि लेख्दैछु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने उनको भनाइ छ । गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका कविका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रगतिशील कविताको जगेर्ना र उत्थानमा टेवा पुर्याउन प्रदेशस्तरीय कवि गोष्ठीको आयोजना गरिएको प्रलेस गण्डकीका अध्यक्ष प्रा डा यदुनन्दन उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण