एमालेले तनहुँबाट सिफारिस गर्यो उम्मेदवार, कुन क्षेत्रमा को-को ?
सारांश
- नेकपा (एमाले) तनहुँले आसन्न निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।
- क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नं २ बाट ११ जनाको नाम सिफारिस गरिएको छ।
- सिफारिसमा राष्ट्रिय सभा सांसद भगवती न्यौपाने र केदार सिग्देलसहितका नेताहरूको नाम समावेश छ।
पोखरा । नेकपा (एमाले) तनहुँले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमालेका क्षेत्रीय निर्वाचन समन्वय कमिटीहरूको बैठकले क्षेत्र नम्बर १ र २ बाट आकाङ्क्षी उम्मेदवारहरूको नाम माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको हो ।
फागुन २१ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा सांसद भगवती न्यौपानेसहितका नेताहरूको नाम आगामी चुनावका लागि सिफारिस गरिएको हो ।
पूर्व प्रदेश सांसद रामबहादुर गुरुङ, नेताहरू अनिल पाण्डे, मोहन विश्वकर्मा, प्रतापलाल श्रेष्ठ, प्रेम कुमार राना, शोभा गुरुङ र पूर्ण बहादुर गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्र नम्बर १ का अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
यस्तै, क्षेत्र नं २ बाट केदार सिग्देल र किरण गुरुङसहित ११ जनाको नाम सिफारिस गरिएको छ । निर्वाचन समन्वय कमिटीका अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा बसेको बैठकले सिग्देल र गुरुङसहित नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी घिमिरे, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र नरेन्द्र वाग्लेको नाम सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण