गाउँमा नयाँ दलका मतदाता छैनन् : भावना राउत
सारांश
- जेनजी अभियन्ता भावना राउतले निर्वाचन प्रणालीमा सुधार नभएकोमा चिन्ता व्यक्त गरिन्।
- उनले 'बेजिल्ला भोटिङ' को व्यवस्था नहुनु र दलहरूको उदासीनतालाई विडम्बनापूर्ण बताइन्।
- राउतले नयाँ दलहरूलाई मतदाता गाउँमा नभएको र मतदानको व्यवस्था गर्न नसकेको आरोप लगाइन्।
काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले नेपालको वर्तमान निर्वाचन प्रणाली र मतदान प्रक्रियामा सुधार नभएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । निर्वाचन नजिकिँदै गर्दा पनि ‘बेजिल्ला भोटिङ’ को व्यवस्था हुन नसक्नु र राजनीतिक दलहरूले यसमा चासो नदिनु विडम्बनापूर्ण रहेको उनले बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राउतले भोटिङ अधिकारका लागि पटक–पटक आवाज उठाउँदा पनि प्रधानमन्त्री बन्न चाहने र बहुमत खोज्ने दलहरू नै यस विषयमा उदासीन रहेको आरोप लगाएकी छन् ।
‘विज्ञप्ति बुझाएर मात्रै हुँदैन’
अभियन्ता राउतले जेनजीले निर्वाचन र मतदानको वास्तविक मूल्य बुझ्न नसकेको टिप्पणी गरेकी छन् । संवैधानिक निकायहरूको कार्यशैली र वास्तविकता नबुझी केवल विज्ञप्ति बुझाउनुलाई मात्रै माग राख्नु ठान्नु अदूरदर्शिता भएको उनको तर्क छ । उनले प्रश्न गरेकी छन्, ‘विज्ञप्ति बुझाएर मात्रै हुने भए त के हुन्थ्यो र ?’
पुराना दलको विकल्पका रूपमा उदाएका नयाँ दलहरूलाई सुझाव दिँदै राउतले उनीहरूका वास्तविक मतदाता गाउँमा नभएको दाबी गरेकी छन् ।
‘तपाईंहरूका मतदाता गाउँमा छैनन्, उनीहरू रोजगारी र पढाइको सिलसिलामा सहर वा विदेशमा छन्,’ उनले भनेकी छन्, ‘यी मतदाताले मतदान गर्न सक्ने व्यवस्था (प्रणाली) नै ल्याउन सक्नुभएन भने तपाईंले ल्याउने बहुमत ‘पशुपतिनाथकै भरोसा’ मात्रै हो ।’
काठमाडौँमा बसेर गाउँको निर्वाचनबारे ठुला गफ नगर्न चेतावनी दिँदै राउतले जमिनको यथार्थ बुझ्न आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण