संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक
आइतबार, २० पुस २०८२, १२ : ४५
सारांश
- वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकी आमा मिटु बास्कोटाको निधन भएको छ।
- १०६ वर्षकी मिटुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो।
- उनको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो, आजै अन्त्येष्टि गरिनेछ।
काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ । उनकी आमा मिटु बास्कोटाको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।
१०६ वर्षकी मिटुको स्वास्थ्यमा केही समस्या देखिएपछि आइतबार बिहानै उनलाई चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको कलाकार नरेन्द्र खड्काले जानकारी दिए । मिटको आजै अन्त्येष्टि गरिनेछ । मिटुका एक छोरा शम्भुजित र ३ छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण