सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एमाले स्याङ्जाले पठायो उम्मेदवारका आकांक्षीको नाम, कुन क्षेत्रमा को आकाङ्क्षी ?

आइतबार, २० पुस २०८२, १२ : ५५
आइतबार, २० पुस २०८२

स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा लागि नेकपा एमालेबाट स्याङ्जाका दुईवटै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीले बैठक बसेर २१ जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट १५ जनाको नाम सिफारिस भएको एमालेले जनाएको छ । क्षेत्र नम्बर १ मा नारायणप्रसाद मरासिनी, सीमाकुमार क्षेत्री, टेकु नेपाली, मीनप्रसाद गुरुङ, पिताम्बर खनाल र ईश्वरी सिग्देल अर्यालको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट खिमबहादुर थापा, सोभियत ढकाल, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, सूर्यप्रसाद गैरे (पारस), रामचन्द्र भट्टराई र ऋषि कँडेलको नाम सिफारिस गरिएको छ । 

यस्तै, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भूपराज अधिकारी, किशोरविक्रम मल्ल, वृद्धिमान श्रेष्ठ र दीपेन्द्र रेग्मीको नाम पनि सिफारिस गरिएको छ ।

गत निर्वाचनमा दुवै क्षेत्र एमालेले गुमाएको थियो । क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी पद्या अर्याल अहिले भने समानुपातिकमा बसेकी छिन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप