चलचित्र ‘बा–आमा’ बनाउँदै टंक बुढाथोकी
आइतबार, २० पुस २०८२, १४ : २८
काठमाडौँ । चलचित्र ‘मन बिनाको धन’ निर्माण एवं निर्देशन गरेका टंक बुढाथोकीले नयाँ फिल्म ‘बा–आमा’ पनि बनाउने भएका छन् ।
उनले यो चलचित्र बालगायक अशोक दर्जीलाई लिएर निर्माण गर्न लागेका हुन् । ‘मन बिनाको धन’मा पनि उनले दर्जीलाई नै मुख्य भूमिकामा अभिनय गराएका थिए ।
चलचित्रमा दर्जीका अलवा टंकका छोरा एआर बुढाथोकीको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकार छनोटको क्रममा रहेका छन् । चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।
टंक बुढाथोकीकै कथा रहने फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् ।
‘स्क्रिप्ट लेखन अन्तिम चरणमा छ । त्यसपछि कलाकार छनोट चरणमा लाग्नेछौँ’, उनले भने, ‘फिल्मको छायाङ्कन वैशाखदेखि सुरु गर्ने योजना छ ।’
‘बा–आमा’ पारिवारिक–सामाजिक कथामा बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण