समाचार
विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन
आइतबार, २० पुस २०८२, १५ : ५२
सारांश
- रास्वपाले विवेकशील साझा पार्टीबाट आएका सात नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।
- आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनीहरूको मनोनयनलाई अनुमोदन गर्यो।
- समीक्षा बास्कोटा, रञ्जु दर्शना लगायतका नेताहरू रास्वपाको नेतृत्वमा आएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। आइतबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनीहरूको मनोनयनलाई विधिवत् रूपमा अनुमोदन गरेको हो।
यो निर्णयसँगै विवेकशील साझाका प्रमुख अनुहारहरू अब औपचारिक रूपमा रास्वपाको नेतृत्व तहमा सामेल भएका छन्। रास्वपाको केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।
वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका दुई शक्तिबिचको एकतालाई पूर्णता दिने क्रममा यो मनोनयन गरिएको रास्वपाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण