शुक्लाफाँटा निकुञ्जबाट आएका जङ्गली हात्तीद्वारा घर र बालीमा क्षति
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथानले आज कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलियाका गाउँमा पसेर घर तथा अन्नबालीमा क्षति पुर्याएको छ । जङ्गली हात्तीले बस्तीमा प्रवेश गरी घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्याएको हो ।
घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः निकुञ्जतर्फ फर्काइएको उनले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक बोहराका अनुसार स्थानीय कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने निजको करिब पाँच कठ्ठा जमिनमा लगाइएको उखु र पाँच कठ्ठा जमिनमा लगाइएको गहुँ तथा तोरीबालीमा समेत क्षति पुगेको छ । घर भत्किएपछि चार जनाको परिवार अहिले भाइको घरमा बसोबास गरिरहेका उनले बताए ।
त्यस्तै, सोही स्थानका नेपाली गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घरको एकतर्फको पर्खाल भत्काइ घरभित्र राखिएको चामल, धान, गहुँ र पिठो खाएर क्षति पुर्याएको छ । त्यसैगरी बिरजनी गिरीको काठ र माटोले बनेको एक कोठे कच्ची भान्सा घर भत्काई पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले जङ्गली जनावरको बारम्बार हुने प्रवेशका कारण असुरक्षित महसुस भइरहेको गुनासो गरेका छन् भने सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण