कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
आइतबार, २० पुस २०८२, १६ : ५७
सारांश
- नेपाली कांग्रेसले पुस २१ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
- बैठक ललितपुरको बीपी नगरस्थित पार्टी कार्यालयमा बस्ने तय भएको छ।
- बैठकमा समसामयिक विषय र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी पुस २१ गते सोमबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको हो।
बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ। मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण