राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सुनसरीका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस
आइतबार, २० पुस २०८२, १७ : २५
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताको नाम उम्मेदवारकाे रूपमा सुनसरीका दुई वटा क्षेत्रबाट सिफारिस भएको छ ।
सुनसरी क्षेत्र नम्बर २ र ४ बाट महासचिव मेहताको नाम सिफारिस भएको सुनसरी जिल्लाका संयोजक रामनारायण यादवले बताए ।
सुनसरी–२ बाट मेहतासँगै नेता डा.संजय खतिवडा, केन्द्रीय सदस्य अनुप सुब्बाको नाम पनि सिफारिस भएको उनले बताए ।
सुनसरी ४ बाट महासचिव मेहतासँगै जिल्ला अध्यक्ष रामनारायण यादव र केन्द्रीय सदस्य अयुब अन्सारीको नाम सिफारिस भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरिसकेका छन् ।
समानुपातिकमा तीन दलले बराबर सिट बाँडफाँड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण