बालेन पक्षबाट काे–काे बन्दैछन् रास्वपामा पदाधिकारी ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा ४ पदाधिकारी थप गर्ने निर्णय भएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सह प्रवक्ता पद थप गर्ने निर्णय भएको हो ।
रास्वपासँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले एकता हुँदा थपिएको एक उपसभापति कुलमान घिसिङले लिने यसअघि नै सम्झौता भइसकेको छ ।
महामन्त्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) पक्षबाट इन्जिनियर सुनिल लम्साल बन्ने सम्भावना बलियाे छ ।
बालेन समूहले लम्सालको नाम प्रस्ताव गरेको छ । उनी मेयर बालेनका पूर्वाधार सल्लाहकार थिए । यस्तै सहमहामन्त्रीमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह बन्ने सम्भावना छ ।
थपिएको पदहरूमा दोस्रो वरीयतासहित कुलमान घिसिङ उपसभापति र सह प्रवक्ता पनि कुलमान पक्षलाई दिइने स्राेतले बतायाे । घिसिङ उपसभापति बन्ने यसअघि नै सहमति भइसकेकाे थियाे । स्राेतका अनुसार महामन्त्री र सहमहामन्त्री बालेन पक्षले लिने छ ।
बालेन भने कुनै पद नलिई प्रधानमन्त्रीको उम्मेदवार हुने भएका छन् । यद्यपि रास्वपासँग बालेन र कुलमान पक्षधरबाट ४० प्रतिशत पार्टीमा हिस्सा लिने र सोही अनुसार मिलाउने जिम्मेवारी बालेनले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण