एमाले केन्द्रीय सचिवमा पराजित सापकोटा बागलुङबाट उम्मेदवार सिफारिस
आइतबार, २० पुस २०८२, १८ : २२
पोखरा । केन्द्रीय सचिवमा पराजित भएका इन्द्रलाल सापकोटालाई एमाले बागलुङले क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्रीय समन्वय कमिटीले खुलामा इन्द्रलाल सापकोटा र हिराबहादुर केसी तथा महिलाबाट मनकुमारी केसीलाई उम्मेदवार सिफारिस गरेको हो ।
उम्मेदवार बन्नका लागि डा।सूर्य पाठक, श्रीप्रसाद शर्मा, गीता शर्मा, सञ्जय कुमार श्रेष्ठ र रामकृष्ण शर्माले दाबी गरेका थिए । दाबी गर्नेहरुबिचको परामर्श, छलफलपछि तीन जनाको नाम पठाइएको एमालेले जनाएको छ । शर्मा पनि केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
अर्की आकाङ्क्षी केसी केन्द्रीय सदस्यमा निर्वाचित भइन् । सापकोटा र शर्मा संस्थापन पक्ष इतरका हुन् भने केसी संस्थापन पक्षकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण