मोरङ-६ मा एमालेबाट पूर्वमन्त्री पण्डितसहित ७ जना सिफारिस
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेले पूर्वमन्त्री लालबाबु पण्डितसहित सात जनाको नाम सिफारिस गरेको छ । आइतबार विराटनगरमा बसेको क्षेत्रीय समन्वय कमिटीको पूर्ण बैठकले पण्डितसहित पर्शुराम बस्नेत, विनोद ढकाल, सत्यनारायण चौधरी, भूराज राई, यशोधा अधिकारी र रीता न्यौपानेलाई सिफारिस गरेको कमिटीका सहसंयोजक एवम् मोरङ जिल्ला कमिटी सदस्य सुरज श्रेष्ठले जानकारी दिए ।
सिफारिस गरिएकामध्ये पूर्वमन्त्री पण्डित सोही क्षेत्रका पूर्वसांसद हुन् भने एमाले केन्द्रीय सदस्य बस्नेतले प्रदेश खेलकुद विकास बोर्ड, कोशीको संस्थापक सदस्य-सचिवको रुपमा काम गरिसकेका छन् । बस्नेत गत प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर ६ (ख) मा झिनो मतान्तरले पराजित भएका थिए ।
त्यस्तै, एमाले पूर्व केन्द्रीय सदस्य ढकाल गत प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए भने पूर्व प्रदेश कमिटी सदस्य चौधरी गत प्रतिनिधिसभा निर्वाचनमा एमालेको समानुपातिक उम्मेदवार थिए ।
कमिटीले सिफारिस गरेका एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य राई विराटनगर उपमहानगरपालिकाको पूर्व उपमेयर, अधिकारी कोशी प्रदेशसभाकी पूर्व प्रदेश सदस्य र न्यौपाने गत प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर ६ (क) मा पराजित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण