फेकनको रिक्त पदाधिकारी तथा सल्लाहकार समितिमा मनोनयन सम्पन्न
सारांश
- फेकनले सल्लाहकार समितिमा प्रा.डा. कोइराला, महेश दाहाल र नारायण मैनालीलाई मनोनयन गरेको छ।
- संघको उपाध्यक्षमा महेश घिमिरे र सदस्यहरूमा दर्शन खनाल र शिवप्रसाद चौलागाईंलाई मनोनयन गरिएको छ।
- फेकनले आफ्नो विधानअनुसार कार्यसमिति र रिक्त पदहरूमा पदपूर्ति गरेको छ।
काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आफ्नो विधान बमोजिम कार्यसमितिबाट मनोनयन गर्नुपर्ने सल्लाहकार समिति र रिक्त पदाधिकारी पदहरूमा पदपूर्ति गरेको छ।
संघको पछिल्लो निर्णयअनुसार सल्लाहकार समितिमा तीनजना अनुभवी व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ। जसमा त्रिभुवन विश्वविद्यालयका पूर्व डिन तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका पूर्व क्याम्पस प्रमुख प्रा.डा. खेमबन्धु कोइराला, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत महेश दाहाल र न्यूयोर्कका लागि पूर्व नेपाली महावाणिज्यदूत नारायण मैनाली रहेका छन्।
त्यस्तै फेकनको रिक्त रहेको एक उपाध्यक्ष पदमा 'स्कुल अब्रोड प्रालि' का सञ्चालक महेश घिमिरेलाई मनोनयन गर्ने निर्णय कार्यसमितिले गरेको छ। संघले आफ्नो सांगठनिक संरचनालाई पूर्णता दिने क्रममा रिक्त दुई सदस्य पदमा पनि मनोनयन प्रक्रिया टुङ्ग्याएको छ। जसअनुसार 'ग्लोबल हब एजुकेसनल नेटवर्क' का सञ्चालक दर्शन खनाल र 'एक्सपर्ट मल्टिपर्पस एजुकेसन कन्सल्टेन्सी' का सञ्चालक शिवप्रसाद चौलागाईं सदस्यका रूपमा चयन भएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण