न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुन्छ : प्रधान न्यायाधीश राउत
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताएका छन् ।
सर्वोच्च अदालतमा आइतबार आयोजित प्रधान सम्पादक, सम्पादक तथा वरिष्ठ पत्रकारहरुसँगको छलफलमा प्रधान न्यायाधीश राउतले अदालतमाथि श्रृङ्खलावद्ध प्रहारले न्यायालय कमजोर हुने भएकाले न्यायालय बलियो भए मात्रै नागरिकलाई ढुक्क हुने अवस्था हुने बताए ।
“श्रृङ्खलावद्ध प्रहारले अदालतलाई कमजोर बनाउने काम भएको छ, न्यायाधीश डरायो भने राज्यको चौथो अङ्ग पनि सुरक्षित हुँदैन,” उनले भने, “प्रेस स्वतन्त्रता र सम्मानमा कहालीलाग्दो दिन आउन सक्छ, न्यायालय बलियो हुँदा नागरिकलाई ढुक्क हुने अवस्था हुन्छ ।”
न्यायापालिका, अदालत, न्यायाधीशमाथि लक्षित गरी सुनियोजित तरिकाले आपत्तिजनक टिप्पणी गरिएको उल्लेख गर्दै प्रधान न्यायाधीश राउतले भने, “न्यायाधीशका तस्वीर उल्टो बनाएर छापिएको छ, सुनियोजितरुपमा राखिएको छ ।”
न्यायालयको स्वस्थ आलोचना गर्न र टिप्पणी गर्न कुनै समस्या नभएको उल्लेख गर्दै उनले भने, “लोकतन्त्रमा, खुल्ला समाजमा, बहुलवादमा संविधानप्रदत्त अधिकारको भरपुर उपयोग गर्न पाइन्छ, त्यो हेक्का हामीलाई छ, तर स्वस्थकर आचोचना होस, अतिरञ्जना नहोस ।”
प्रधान न्यायाधीश राउतले अदालत भनेको अत्यन्तै संवेदनशील संस्था भएको उल्लेख गर्दै सत्य, तथ्य र प्रमाणका आधारमा मात्रै मुद्दालाई हेर्नुपर्ने बताए ।
“अदालतबाट धेरै कुरा बुझाउन सकिएको छैन होला, त्यो अपेक्षा सञ्चारमाध्यमसँग छ,” प्रधान न्यायाधीश राउतले भने, “अदालतमा विधि, प्रक्रिया हुन्छ, मुद्दामा तथ्य, प्रमाण, कानुन हेर्नुपर्छ, त्यो कस्ले बुझ्छ ? त्यति गर्दा पनि गल्ती भएमा जिल्ला हुँदै, उच्च हुँदै चित्त नबुझेको अवस्थामा सर्वोच्च अदालतमा आउने सक्ने संवैधानिक व्यवस्था छ ।”
प्रधान न्यायाधीश राउतले अभिव्यक्ति स्वतन्त्रताको अधिकतम प्रयोग गर्ने व्यक्ति पत्रकार भएको उल्लेख गर्दै न्यायालयविरुद्ध घृणा फैलाउने काम भयो र त्यसको असर न्यायमा पर्यो भन्ने गम्भीर असरपर्ने बताए ।
“हामी सच्चिनुपर्ने ठाउँमा सच्चिन्छौँ, तर नियतबस अदालत र न्यायाधीशको हुर्मत लिने छुट पनि कसैलाई हुँदैन, कहीँ हामी हाम्रै कमीकमजोरीका कारणले त समस्यामा परेका छैनौँ, निर्मम समीक्षा गरिरहेका छौँ,”उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण