मुस्ताङका दुई सरकारी कार्यालय ‘मर्ज’
सारांश
- मुस्ताङमा पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय गाभिएर एकीकृत सेवा दिने भएका छन् ।
- गण्डकी प्रदेश सरकारको निर्णयअनुसार यी कार्यालयहरु गाभिएका हुन्, जसले खर्च घटाउनेछ ।
- एकीकृत सेवा कार्यालय पुरानो पर्यटन तथा उद्योग कार्यालय रहेको स्थानबाट सञ्चालन हुनेछ ।
मुस्ताङ । यहाँस्थित पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय आइतबारदेखि एकापसमा ‘मर्ज’ भएका छन् । गण्डकी प्रदेश सरकारको गत साउनको निर्णयअनुसार ती कार्यालय मर्ज भएका हुन् ।
यसअघि गण्डकी प्रदेश सरकारले एकै प्रकृतिका सेवा दिने कार्यालयहरूलाई एउटै कार्यालयका रूपमा स्थापना गरी एकीकृत सेवा प्रवाह गर्ने तथा प्रदेशको आर्थिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले प्रदेशका सात वटा निर्देशनालय खारेज गरेको थियो । प्रदेशले ११ जिल्लामा रहेका ३२ वटा कार्यालयलाई घटाएर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो ।
यहाँस्थित उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको सामाजिक विकास कार्यालय एकीकृत सेवा कार्यालयका रूपमा मर्ज भई सेवा सञ्चालन सुरु गरिएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए ।
मर्ज भएसँगै पुरानो पर्यटन तथा उद्योग कार्यालय रहेको स्थानबाट एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याइएको प्रमुख दर्जीको भनाइ छ । यसैगरी यहाँ कृषि ज्ञान केन्द्र कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि मर्ज भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण