देशको सुशासन र विकासमै लक्ष्य केन्द्रित छ: मेयर साम्पाङ
सारांश
- हर्कराज राईले देशको सुशासन र विकास आफ्नो लक्ष्य भएको बताए ।
- उनले मानिसलाई केन्द्रबिन्दुमा राखेर विकास गर्नुपर्ने कुरामा जोड दिए ।
- धरान डे को अवसरमा सार्वजनिक बिदा दिइएको थियो, तर कार्यक्रम सीमित थिए।
सुनसरी। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो लक्ष्य देशको सुशासन र विकासमै केन्द्रित रहेको बताएका छन् ।
धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे (धरान उत्सव)’ को अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो उद्देश्य देशको सुशासन र विकासमै केन्द्रित छ । मान्छेलाई केन्द्रबिन्दुमा राखेर विकास गर्नुपर्छ । मान्छेलाई विस्थापित गरेर गरिने विकास भ्रम मात्र हो, त्यसैले मान्छेलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ ।”
उनले धरानको विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्नुपर्ने बताए । ‘धरान डे’ को अवसरमा आइतबार धरान उपमहानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो । यसअघि पाँच दिनसम्म मनाइँदै आएको धरान स्थापना दिवस यस वर्ष निर्वाचन आचारसंहिताका कारण सीमित कार्यक्रमसहित एक दिन मात्र मनाइएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी दिए ।
धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा विभिन्न र्याली र झाँकीसहित मनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण