डाक्नेश्वरी नगरपालिकामा जागिरको अवसर
सारांश
- डाक्नेश्वरी नगरपालिकाले करार सेवाका लागि कर्मचारी भर्ना खुलाएको छ।
- नगरपालिकाले सूचना प्रविधि अधिकृत, मनोसामाजिक परामर्शकर्ता र रिटर्नी स्वयंसेवक पदका लागि आवेदन माग गरेको हो।
- इच्छुक व्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ।
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। नगर कार्यपालिकाको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा ४ जना कर्मचारी मागेको हो।
खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी नगरपालिकाले सूचना प्रविधि अधिकृत, मनोसामाजिक परामर्शकर्ता र रिटर्नी स्वयंसेवक पदका लागि दरखास्त आह्वान गरेको छ। प्रकाशित सूचनाअनुसार सूचना प्रविधि अधिकृत पदमा १ जना र रिटर्नी स्वयंसेवक पदमा २ जनाका लागि आवेदन मागिएको छ। त्यस्तै मनोसामाजिक परामर्शकर्ता पदमा भने १ जना महिलाले मात्र आवेदन दिन पाउनेछन्।
कार्यपालिकाको पुस १८ गतेको निर्णयअनुसार योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। नगरपालिकामा जागिर खान इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ। तोकिएको म्यादभित्र रितपूर्वक आवेदन दिने उम्मेदवारहरूबिच खुला प्रतिस्पर्धा गराई छनोट गरिने नगरपालिकाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण