जय भानुशाली र माही विजको ११ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य
सारांश
- भारतीय टेलिभिजनका चर्चित जोडी जय भानुशाली र माही विजले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्।
- उनीहरूले सामाजिक सञ्जालमार्फत आफूहरू अलग हुन लागेको र छोराछोरीको लागि असल अभिभावक रहने बताएका छन्।
- यो सम्बन्ध विच्छेदमा कुनै नकारात्मकता वा आरोप-प्रत्यारोप नभएको र उनीहरूले एकअर्कालाई भविष्यमा पनि सपोर्ट गर्ने बताएका छन्।
मुम्बई । भारतीय टेलिभिजनका चर्चित जोडी जय भानुशाली र माही विजले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्णविराम दिने निर्णय गरेका छन्। लामो समयदेखि सँगै रहँदै आएका उनीहरूले सामाजिक सञ्जालमार्फत आधिकारिक बयान जारी गर्दै आफूहरू अलग हुन लागेको जानकारी गराएका हुन्।
आइतबार इन्स्टाग्राममा एक साझा पोस्ट साझा गर्दै उनीहरूले अबका दिनमा जीवनको बाटो फरक हुने बताए। उनीहरूले जारी गरेको बयानमा भनिएको छ, ‘आज हामी जिन्दगीको यात्रामा फरक बाटो रोज्दैछौँ, तर हामी एक(अर्काको साथ दिन भने जारी राख्नेछौँ। शान्ति, अगाडि बढ्ने चाहना र मानवता सधैँ हाम्रो सोचको हिस्सा रहनेछ।’

आफ्नो व्यक्तिगत सम्बन्ध अन्त्य भए पनि सन्तानप्रतिको जिम्मेवारीमा कुनै कमी आउन नदिने उनीहरूको प्रतिबद्धता छ। तारा, खुसी र राजवीरका लागि आफूहरू सधैँ असल आमाबुबा र साथीका रूपमा रहने उनीहरूले स्पष्ट पारेका छन्। बच्चाहरूको भविष्यका लागि जे सही हुन्छ, त्यो गर्न आफूहरू प्रतिबद्ध रहेको समेत उनीहरूले बताएका छन्।
विशेष कुरा त के छ भने, यो बिछोडमा कुनै पनि किसिमको नकारात्मकता वा आरोप(प्रत्यारोप देखिएको छैन। जय र माहीले यो निर्णयमा कुनै ‘भिलेन’ नभएको प्रस्ट पार्दै मानिसहरूलाई कुनै पनि गलत निष्कर्षमा नपुग्न र आफ्नो निर्णयको सम्मान गरिदिन आग्रह गरेका छन्। भविष्यमा पनि एक(अर्कालाई सपोर्ट गरिरहने र मित्रता कायम राख्ने उनीहरूको भनाइ छ।
सन् २०११ मा वैवाहिक बन्धनमा बाँधिएका जय र माहीले सन् २०१७ मा आफ्ना घरमा काम गर्ने सहयोगीका सन्तान राजवीर र खुसीलाई धर्मपुत्र/पुत्रीका रूपमा अपनाएका थिए। त्यसको दुई वर्षपछि सन् २०१९ मा माहीले छोरी तारालाई जन्म दिएकी थिइन्।
टिभी उद्योगमा पावर कपल मानिने यो जोडीले सन् २०१३ मा डान्स रियालिटी शो नच बलिये ५ को उपाधि जितेको थियो। त्यस्तै, सन् २०१६ मा उनीहरूखतरो के खिलाडी ७ मा पनि सँगै देखिएका थिए। जय भानुशाली कायामत, डान्स इन्डिया डान्स र बिग बोस १५ जस्ता शोका कारण चर्चित छन् भने माहीले लागी तुझसे लगन र बालिका वधु जस्ता सफल सिरियलमा अभिनय गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण