राखेपको स्वीकृति बिना नै एन्फाले अघि बढायो निर्वाचन प्रक्रिया
सारांश
- एन्फाले राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति बिना नै निर्वाचन प्रक्रिया अघि बढाएको छ।
- एन्फाले निर्वाचनका लागि राखेपसँग अनुमति मागेको थियो, तर राखेपले जवाफ दिइसकेको छैन।
- राखेपले पत्रको कानुनी पाटो अध्ययन गरिरहेको छ र जवाफ दिने जनाएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति बिना नै अर्ली इलेक्सनको प्रक्रिया अघि बढाएको छ । एन्फाले सोमबार सूचना जारी गर्दै मनोनयन दर्ताका लागि पत्र लिन आह्वान गरेको हो ।
एन्फाले अर्ली इलेक्सन गर्नका लागि राखेपसँग अनुमति मागेको थियो । उक्त पत्रको जवाफको विषयमा हाल राखेपमा अध्ययन भइरहेको छ । राखेपले पत्रको कानुनी पाटो र अन्य व्यवस्था हेर्दै अघि बढ्ने बताएको छ ।
राखेप कार्यवाहक सदस्य सचिव राम चरित्र मेहताले रातोपाटीसँग भने, ‘राखेपले पत्रको अध्ययन गर्दैछ। हामी कानुनी सल्लाह लिइरहेका छौँ । सबै बुझेर पत्रको जवाफ दिनेछौँ ।’
यद्यपि, राखेपको जवाफ आउनुअघि नै एन्फाले सोमबार सूचना जारी गरेको हो । सूचनामा आउँदो माघ २८ गते हुने एन्फाको अर्ली इलेक्सनको मनोनयन फारम पुस २१ गतेदेखि एन्फामा उपलब्ध हुने र माघ ३ गतेसम्म बुझाइसक्नु पर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण