स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ
सारांश
- रौतहट प्रहरीले स्रोत नखुलेको नगदसहित एक भारतीय महिलालाई नियन्त्रणमा लियो।
- पक्राउ परेकी महिलाको साथबाट २ लाख ५० हजार ३६० रुपैयाँ बरामद गरियो।
- नगदको स्रोत खुलाउन नसकेपछि महिलालाई अनुसन्धानका लागि नियन्त्रणमा राखियो।
रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
गौर भन्सार अगाडि खटिएको प्रहरी चेकिङ टोलीले आइतबार दिउँसो पैदल नेपाल आउँदै गरेकी भारत बिहार राज्यको सितामढी जिल्ला बैरगनिया निवासी ४५ वर्षीया रामकली देवीलाई पक्राउ गरेको हो। शङ्कास्पद देखिएपछि गरिएको जाँचका क्रममा उनको साथबाट ठुलो परिमाणमा नेपाली र भारतीय नगद फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार भन्सार सुरक्षा गार्डका प्रहरी हवल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले ती महिलाको साथबाट कुल २ लाख ५० हजार ३ सय ६० नेपाली रुपैयाँ बराबरको नगद बरामद गरेको छ। बरामद रकममा नेपाली १ हजार दरका १८० थान, ५ सय दरका १३३ थान, १ सय दरका ३७ थान र भारतीय १ सय दरको एक थान नोट रहेको छ।
नगदको वैधानिक स्रोत खुलाउन नसकेपछि ती महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सीमा क्षेत्रमा पछिल्लो समय अवैध आर्थिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण