सद्भाव खल्बल्याउने गतिविधि नियन्त्रण गर्न हातेमालो जरुरी छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो गर्न जरुरी रहेकाे बताएका छन् ।
गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन् ।
भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेका उनको सचिवालयले जनाएकाे छ ।
छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण