गायिका सुनिता थेगिमले गरिन् विवाह
सोमबार, २१ पुस २०८२, १६ : २६
काठमाडौँ । गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभा निवासी अनित कुलुङ राईसँग विवाह गरेकी हुन् । अनितसँग विवाह भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्रीमानसँगको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’
फ्यान तथा साथीभाइले उनलाई सामाजिक सञ्जालमा उनलाई वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । उनी फिल्म ‘गाउँ आएको बाटो’मा समावेश गीत ‘राई माइला’बाट निकै चर्चित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण