बक्स अफिसका कुन फिल्मको कमाई कति ?
सोमबार, २१ पुस २०८२, १७ : १३
सारांश
- फिल्म 'झरी पछिको इन्द्रेणी' ले बक्स अफिसमा १ करोड कमाउन सकेन।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार फिल्मले जम्मा ९३ लाख ८३ हजार ५१६ नेरु कमाएको छ।
- यस्तै, 'परान' फिल्मले १७ करोड ७१ लाखभन्दा बढी कमाइ गरेको छ।
काठमाडौँ । फिल्म ‘झरी पछिको इन्द्रेणी’ ले बक्स अफिसमा एक करोड पनि कमाउन असफल देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टमा फिल्मको आम्दानी देशव्यापी ९३ लाख ८३ हजार ५१६ नेरु ग्रस कमाइ गरेको छ ।
बोर्डले गत शनिबारसम्मको सिनेमाः बक्स अफिस रिपोट सार्वजनिक गरेको हो । सोही अवधिसम्म फिल्मले २९ हजार ६८३ वटा टिकट बेचेको छ । त्यस्तै, फिल्म ‘परान’ले भने अहिलेसम्म १७ करोड ७१ लाख १७ हजार ८३० कमाउन सफल भएको छ । फिल्मको ६ लाख २६ हजार ७९३ टिकट बिक्री भएको छ ।
फिल्म ‘हर्ष’ले भने २८ लाख ७८ हजार ८३६ मात्र कमाउन सफल भएको छ । फिल्मको टिकट ८ हजार ८६८ वटा बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण