७० हजार नेपाली ठग्ने ‘एसएमसी’ एपको गिरोह पक्राउ, १२ करोडभन्दा बढीको स्क्याम
काठमाडौं । अनलाइनमार्फत विज्ञापन हेरेर पैसा कमाइने लोभ देखाई देशभरका हजारौँ नागरिकलाई ठगी गर्ने एउटा ठूलो गिरोहलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ ।
चितवनको खैरहनीमा ‘एसएमसीएन एड्भरटाइजिङ्ग सर्भिस सेन्टर’ नामक कम्पनी खोलेर वैधानिकताको भ्रम छर्दै यो समूहले करिब ७० हजार नेपालीलाई आफ्नो सञ्जालमा जोडेर ठगी गरेको खुलेको हो ।
प्रहरीका अनुसार यो समूहले ‘एसएमसी’ नामक मोबाइल एप्लिकेसनमार्फत युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नी जस्ता विश्वप्रसिद्ध फिल्म कम्पनीका विज्ञापन हेरेबापत पैसा पाइने झुठो प्रचार गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र देखाएर सर्वसाधारणलाई विश्वासमा पारी उनीहरूले पिरामिड शैलीमा नेटवर्क विस्तार गरेका थिए । नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन र दैनिक आम्दानीको प्रलोभन देखाई ठगी गर्ने यो गिरोहले पोन्जी स्किम चलाएको अनुसन्धानबाट देखिएको छ ।
हालसम्म २५५ वटा सामूहिक उजुरी परेको र त्यसका आधारमा १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रुपैयाँ ठगी भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । एउटै उजुरीमा परिवारका धेरै सदस्यहरू पीडित भएको पाइएको छ । पक्राउ परेका व्यक्तिहरूलाई संगठित अपराध निवारण ऐन, २०७० र मुलुकी अपराध संहिता, २०७४ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
साइबर ब्युरोले यस प्रकरणमा ठगिएका अन्य व्यक्तिहरूलाई पनि डिजिटल प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । साथै, थोरै कमिसनको लोभमा आफ्नो बैंक खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन र घरमै बसी भिडियो हेरेर पैसा कमाउने जस्ता प्रलोभनमा नफस्न सर्वसाधारणलाई सचेत गराएको छ ।
यी हुन् पक्राउ पर्नेहरु


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण