चिरीबाबुदेखि सुरक्षा पन्तसम्म १० व्यक्तित्व ‘विकास नायक’ अवार्डबाट सम्मानित
काठमाडौँ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १० जना व्यक्तित्वलाई ‘विकास नायक २०८२’ अवार्डबाट सम्मान गरिएको छ। विकास मिडियाले आयोजना गरेको ‘विकास बहस तथा विकास नायक अवार्ड समारोह’मा अर्थमन्त्री रामेश्वर खनालले उनीहरूलाई सम्मान प्रदान गरेका हुन्।
राजनीतिक संस्कार र सुशासनतर्फ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सम्मानित भएका छन्। यस्तै, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषिबाट फर्स्ट च्वाइस फुड्सका कृष्णप्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका कृष्ण आचार्य र स्वास्थ्य सेवाबाट धुलिखेल अस्पतालका डा. रामकण्ठ माकजु श्रेष्ठ पुरस्कृत भएका छन्।
सूचना प्रविधिमा हेमराज ढकाल, सृजनशील व्यवसायमा जीवा लामिछाने, शिक्षा र स्वास्थ्यमा प्रा.डा. अर्जुन कार्की तथा कला क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्तलाई विकास नायक अवार्ड प्रदान गरिएको छ।
अवार्ड प्रदान गर्दै अर्थमन्त्री खनालले व्यवसायीको मनोबल खस्किएको वर्तमान अवस्थामा यस्ता सम्मानले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा असल सरकार निर्माणका लागि मतदान गर्न नागरिकलाई आग्रह समेत गरे। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले नीतिगत स्पष्टता भए पनि कार्यान्वयनमा समस्या रहेको बताए।
यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकमा पर्याप्त पैसा भए पनि सुरक्षाको प्रत्याभूति नहुँदा लगानी बढ्न नसकेको धारणा राखे। उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा डा. सूर्यराज आचार्य र डा. विश्वास गौचनले कार्यपत्र प्रस्तुत गर्दै पूर्वाधार विकास र पर्यटनमा लगानी बढाउन सुझाव दिए। विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेल र निर्णायक समिति संयोजक कृष्णहरि बास्कोटाले निष्पक्ष छनोटमार्फत उत्कृष्टलाई सम्मान गरिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण