टिकट काउन्टरका कर्मचारीहरूले लागुपदार्थ सेवन गरेर यात्रुहरूलाई दु:ख दिएपछि...
काठमाडौँ । लागुपदार्थ सेवनकाे आराेपमा टिकट काउन्टरका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडाैँ महानगरपालिका १४ बल्खु स्थित सुमो तथा ई.भी. भ्यानको टिकट काउन्टरहरुमा कार्यरत कर्मचारीहरूले लागुपदार्थ सेवन गरी यात्रुहरू तथा पैदल यात्रीहरूलाई समेत दुःख हैरानी दिने गरेको भन्ने गुनासोको आधारमा आइतबार सात जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडाैँका सूचना अधिकारी पवन भट्टराईले बताए ।
उनका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगंजबाट आवश्यक प्राविधिक ल्याव टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणको क्रममा टिकट काउन्टरका सात जना कर्मचारीहरूले लागुपदार्थ सेवन गरेकाे पाइएकाे थियाे ।
उनीहरूलाई काठमाडाैँ जिल्ला अदालतबाट लागुपदार्थ सेवन कसुरमा दिन ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
पक्राउ गरेका मानिसहरू
१. जिल्ला रौतहट, परोहा नगरपालिका ४ घर भइ जिल्ला काठमाडौं, बल्खु बस्ने वर्ष २० को बसन्त कुमार यादव
२. जिल्ला चितवन, कविलास स्थायी घर भइ जिल्ला काठमाडौं, लैनचौर बस्ने वर्ष २७ को साजन गुरुङ
३. जिल्ला तनहुँ, बन्दीपुर गाउँपालिका २ घर भइ जिल्ला ललितपुर, सातदोबाटो बस्ने वर्ष २३ को पारस गुरुङ ४. जिल्ला तनहुँ, बन्दीपुर गाउँपालिका ११ घर जिल्ला काठमाडौं, बल्खु बस्ने वर्ष ३३ को अनुप गुरुङ
५. जिल्ला झापा, दमक नगरपालिका ३ घर जिल्ला काठमाडौं, बल्खु बस्ने वर्ष ३८ को बिक्कि श्रेष्ठ
६. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने वर्ष ४२ को अर्जुन भण्डारी
७. जिल्ला धादिङ गल्छी गाउँपालिका ४ घर भइ जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका थानकोट बस्ने वर्ष २४ को अस्मिन लामिछाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण