मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्री अर्यालसँग श्रीलङ्काका राजदूतको शिष्टाचार भेट

सोमबार, २१ पुस २०८२, २२ : १३
सोमबार, २१ पुस २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन्।

सिंहदबारस्थित मन्त्रालयमा आज भएको उक्त भेटमा उनीहरुबीच नेपाल–श्रीलङ्का सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।

त्यसअवसरमा गृहमन्त्री अर्यालले नेपालको विकास प्रयासमा श्रीलङ्का सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत डेल्पिटियाले आफ्नो कार्यकालमा दुई देशबीचको दौत्य सम्बन्ध थप प्रगाढ सुने विश्वास व्यक्त गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप