बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभामा तालमेल र उम्मेदवारको टुङ्गो लगाइने

मङ्गलबार, २२ पुस २०८२, ०६ : २१
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने भएको छ।
  • पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवार छनोट र तालमेलबारे निर्णय गर्नेछ।
  • कांग्रेसले अन्य दलहरूसँग चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा छलफल गरिरहेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो आज लगाउने भएको छ। यसका लागि आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ । 

बिहान ११ बजे बस्ने बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ ।  पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको बताएका छन्। 

राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो। 

आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ। निर्वाचनमा निर्णायक मतभार रहेका सबै दलहरूसँग सहमतिको प्रयास भइरहेकाले आजको बैठक निर्णायक हुने कांग्रेसले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप