‘रवि र बालेनका टिममा किन छैनन् महिला ?’
सारांश
- भावना राउतले नयाँ राजनीतिक शक्तिहरूमा महिला सहभागिताको कमीप्रति असन्तुष्टि व्यक्त गरिन्।
- उनले रवि लामिछाने र बालेन शाह लगायतका नेताहरूको टिममा महिलालाई स्थान नदिइएको आरोप लगाइन्।
- राउतले नयाँ दलहरूले पनि पुरानै शैली अपनाएको र महिला सहभागितालाई कानुनी कोटामा सीमित पारेको टिप्पणी गरिन्।
काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले नेपालका नयाँ र वैकल्पिक भनिने राजनीतिक शक्तिहरूमा महिला सहभागिता नभएको भन्दै आलोचना गरेकी छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पुराना दलहरूको विकल्प दाबी गर्ने रवि लामिछाने, बालेन शाह लगायतका ‘नयाँ’ नेतृत्वको टिममा महिलालाई स्थान नदिइएको भन्दै असन्तुष्टि पोखेकी हुन्।
राउतले पुराना राजनीतिक दलहरूसँग जनताको आशा धेरै अघि नै सकिए पनि नयाँ र वैकल्पिक भनिनेहरूको अभ्यास पनि पुरानै ढर्रामा चलेको टिप्पणी गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन शाह, कुलमान घिसिङ र सुदन गुरुङ लगायतबाट बनेका संरचना र सचिवालयहरूमा महिलाको उपस्थिति नदेखिएको उनले औँल्याएकी छन्। देशको जनसङ्ख्यामा महिलाको हिस्सा बढी हुँदाहुँदै पनि निर्णायक तह र नेतृत्वको टेबलमा महिला हराइरहेको भन्दै उनले नेतृत्वकर्ता ‘दाजुहरू’ लाई कस्तो मुलुक बनाउने सपना देखेको हो भनी प्रश्न गरेकी छन्।
विवेकशील अभियानका संस्थापक स्व. उज्ज्वल थापाको राजनीति सिकेको दाबी गर्ने धेरै नेताहरू अहिले रास्वपा लगायतका नयाँ शक्तिमा रहेको प्रसङ्ग कोट्याउँदै उनले उनीहरूले थापाको नाम सम्झिए पनि संस्कार भने बिर्सेको आरोप लगाइन्। उज्ज्वल थापा महिला नेतृत्वमा गहिरो विश्वास गर्ने नेता भए पनि उनको पदचाप पछ्याउने दाबी गर्नेहरूले व्यवहारमा त्यो नदेखिएको उनको भनाइ छ।
संविधानले बाध्यकारी बनाएको ३३ प्रतिशत सहभागितालाई मात्रै आधार मान्ने हो भने त्यो वैकल्पिक राजनीति नहुने उनको तर्क छ। नयाँ दल र नेतृत्वमा महिला सहभागिता केवल कानुनी कोटामै सीमित हुनु भनेको ‘नयाँ बोतलमा पुरानो जाँड’ जस्तै भएको र त्यसको गन्ध पनि उस्तै आउने कडा टिप्पणी उनले गरेकी छन्।
यस्तो छ राउतको भनाई :
किन महिलाहरू आज पनि निर्णायक तहमा अटाउँदैनन्?
पुराना दलसँग आशा त धेरै अघि सकिइसक्यो। तर ‘नयाँ’, ‘वैकल्पिक’ भनिनेहरूको अभ्यास पनि किन उही पुरानो ढर्रा हो?
रवि लामिछानेको टिममा महिला छैनन्। बालेन, कुलमान, सुदनबाट बनेका संरचनाहरूमा पनि महिलाको उपस्थिति देखिँदैन।जब देशको जनसङ्ख्यामा महिलाहरू नै बढी छन्, तब नेतृत्वको टेबलमा उनीहरू किन हराइरहेका छन्? दाजुहरू, कस्तो मुलुक बनाउने सपना देखिरहनु भएको हो? समान सहभागिता केवल भाषण र नाराका लागि हो? कि व्यवहारमा पनि लागू हुने हो?
उज्ज्वल थापाको राजनीति सिकेको दाबी गर्ने धेरै दाजुहरू आज रास्वपामै हुनुहुन्छ। तर उज्ज्वल थापा महिला नेतृत्वमा गहिरो विश्वास गर्ने नेता थिए। उहाँको नाम त सम्झनुभयो, तर त्यो राजनीतिक संस्कार सिक्न बिर्सनुभयो कि?
समान सहभागिता भनेको संविधानले जबरजस्ती दिएको ३३% को न्यूनतम कोटा मात्रै होइन। यदि तपाईंहरूको ‘वैकल्पिक’ पार्टीमा महिला सहभागिता यही ३३% मै सीमित हुन्छ भने त्यो नयाँ राजनीति होइन। त्यो त नयाँ बोतलमा पुरानो जाँड मात्रै हो। र गन्ध पनि उस्तै आउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण