शारीरिक अस्वस्थताका कारण जोकोभिचले एडिलेड इन्टरनेसनल नखेल्ने
सारांश
- नोभाक जोकोभिचले शारीरिक समस्याका कारण एडिलेड इन्टरनेसनल टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिए।
- जोकोभिचले अस्ट्रेलियन ओपनको तयारीका लागि एडिलेड नखेल्ने निर्णय लिएका हुन् ।
- उनले अस्ट्रेलियन ओपनमा आफ्नो ध्यान केन्द्रित गर्दै २४ वटा ग्रान्ड स्लाम जितेका छन्।
एडिलेड । विश्व टेनिसका भेट्रान खेलाडी नोभाक जोकोभिचले शारीरिक रूपमा पूर्ण स्वस्थ नभएको भन्दै अस्ट्रेलियन ओपनको तयारी स्वरूप खेलिने ‘एडिलेड इन्टरनेसनल’ प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्। ३८ वर्षीय सर्वियाली स्टार जोकोभिचले अर्को साता एडिलेडमा हुने प्रतियोगिता खेल्ने तालिका भए पनि अन्तिम समयमा आफू प्रतिस्पर्धाका लागि अझै तयार नरहेको जानकारी दिएका हुन्।
कीर्तिमानी २५ औँ ग्रान्ड स्लाम एकल उपाधि जित्ने लक्ष्यमा रहेका उनले पछिल्ला केही वर्षदेखि मुख्य प्रतियोगिताहरूका लागि आफूलाई फिट राख्न कम महत्त्वपूर्ण खेलहरू छोड्दै आएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिँदै जोकोभिचले एडिलेडमा खेल्नका लागि आफू उत्साहित भए पनि अहिलेको ध्यान अस्ट्रेलियन ओपनको तयारीमा केन्द्रित रहेको बताएका छन्।
उनले हालसम्म जितेका २४ वटा प्रमुख उपाधिमध्ये १० वटा अस्ट्रेलियन ओपनमै जितेका छन्। यद्यपि मेल्बर्नमा भएका पछिल्ला दुई संस्करणमा भने उनी सेमिफाइनलबाटै बाहिरिएका थिए। गत वर्षको अस्ट्रेलियन ओपनको सेमिफाइनलमा एलेक्जेन्डर ज्वेरेभसँग खेल्दै गर्दा उनी चोटका कारण खेल छोड्न बाध्य भएका थिए।
विश्व वरीयताको चौथो स्थानमा रहेका जोकोभिचले सन् २०२३ को यूएस ओपनयता कुनै पनि ग्रान्ड स्लाम जित्न सकेका छैनन्। गत वर्षका चारवटै मुख्य प्रतियोगिताको सेमिफाइनल पुगे पनि उनले जानिक सिनर र कार्लोस अल्काराज जस्ता युवा खेलाडीहरूसँग हार व्यहोर्नुपरेको थियो।
एडिलेड नखेल्ने निर्णय गरेसँगै अब उनी सिधै अस्ट्रेलियन ओपनका लागि मेल्बर्न पुग्नेछन्। अस्ट्रेलियन ओपन आगामी जनवरी १८ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण