४० औँ जन्मदिनमा दीपिकाको नयाँ फिल्म ‘AA22xA6’ बाट पहिलो ‘लुक्स’ सार्वजनिक
सारांश
- अभिनेत्री दीपिका पादुकोणले आफ्नो ४०औँ जन्मदिन मनाइन्, जसमा उनको नयाँ फिल्म 'AA22xA6' को पहिलो लुक सार्वजनिक भयो।
- फिल्ममा दीपिका 'वारियर' अवतारमा तरबार लिएर एक्सन पोजमा देखिएकी छिन्, जसमा एट्लीको निर्देशन रहेको छ।
- 'AA22xA6' मा अल्लु अर्जुन मुख्य भूमिकामा छन्, जसमा रश्मिका मन्दाना, जान्ह्वी कपुर र मृणाल ठाकुरको पनि अभिनय रहनेछ।
मुम्बई । भारतीय अभिनेत्री दीपिका पादुकोण आज आफ्नो ४० औँ जन्मदिन मनाएकी छन्। यस विशेष अवसरमा उनको आगामी ठुलो प्रोजेक्ट ‘AA22xA6’ का निर्माण पक्षले फ्यानहरूलाई विशेष उपहार दिँदै फिल्मबाट दीपिकाको पहिलो लुक्स सार्वजनिक गरेको छ।

निर्देशक एट्लीको बहुप्रतिक्षित यस फिल्ममा दीपिकाको एक्सन अवतार देखाइएको छ। फिल्म निर्माण गरिरहेको सन पिक्चर्स र सन म्युजिकले सार्वजनिक गरेको तस्विरमा दीपिका ‘वारियर’ (योद्धा) को भेषमा देखिएकी छन्। उनले दुवै हातमा तरबार लिएकी छन् र उनी आक्रामक एक्सन पोजमा देखिएकी छन्। यसबाहेक सन पिक्चर्सले दीपिकालाई जन्मदिनको शुभकामना दिँदै अर्को एउटा फरक लुक्स पनि शेयर गरेको छ, जसलाई फिल्मकै हिस्सा मानिएको छ।
एट्लीको निर्देशनमा बन्न लागेको यो साइन्स-फिक्सन एक्सन फिल्ममा दीपिकासँगै साउथ सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा रहनेछन्। फिल्ममा अल्लु अर्जुनले पहिलो पटक धेरै वटा भूमिका (मल्टिपल रोल) निभाउँदै छन्। फिल्ममा रश्मिका मन्दाना, जान्ह्वी कपुर र मृणाल ठाकुरको पनि अभिनय रहनेछ।
फिल्मको नाम अहिले अस्थायी रूपमा ‘AA22xA6’ राखिएको छ, जसको अर्थ अल्लु अर्जुनको २२ औँ र एट्लीको छैटौँ फिल्म भन्ने बुझिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण