रामेछापबाट एमालेका आठ जना उम्मेदवार सिफारिस
रामेछाप । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापको एकमात्र निर्वाचन क्षेत्रबाट नेकपा एमालेले आठ जनाको नाम सिफारिस गरेको छ।
एउटै निर्वाचन क्षेत्र रहेको रामेछापमा उम्मेदवारीका लागि आठ जनाबाट दाबी आएपछि सबै आकाङ्क्षीको नाम केन्द्रमा पठाउने निर्णय गरिएको नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए।
पार्टी जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकले मंगलबार उक्त निर्णय गरेको हो। जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सदस्य रत्नप्रसाद गौतम, निवर्तमान प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश सदस्य परशुराम बस्नेत र पूर्व प्रदेश सदस्य केशर बुढाथोकीले उम्मेदवारी दाबी प्रस्तुत गरेका थिए ।
दाबी प्रस्तुत गर्ने सबैको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। बैठकमा हालै नवनिर्वाचित केन्द्रीय सदस्य माधव ढुङ्गेल र गीता कार्कीलाई बधाई तथा शुभकामना प्रदान गरिएको पार्टी प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बैठकले पुस २५ गतेदेखि माघ ३ गतेसम्म वडा र टोल केन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। बैठकमा बोल्दै जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले संविधानमाथि आक्रमण भएको, निर्वाचित सरकारलाई अपदस्त गरिएको र पार्टीमाथि चाैतर्फी घेराबन्दी सिर्जना भएको अवस्थामा त्यसविरुद्ध पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
संसद् पुनर्स्थापना र निर्वाचनको मुद्दा एकैसाथ अघि बढाउनुपर्ने बताउँदै उहाँले जिल्ला पार्टी यही सन्देश लिएर एकैसाथ ४ सय ९५ टोलमा पुग्ने जानकारी दिए।
पुस मसान्तसम्म सञ्चालन हुने उक्त अभियानका क्रममा स्थानीय तहमा अन्तरक्रिया गर्ने, मतदाताको अवस्था बुझ्ने तथा टोलस्तरीय बैठक गर्ने योजना रहेको उल्लेख गर्दै उनले अभियान पूर्ण रूपमा चुनाव केन्द्रित हुने स्पष्ट पारे। बैठकका क्रममा उम्मेदवारी आकाङ्क्षीहरूले आफू किन उपयुक्त उम्मेदवार भएको विषयमा आ–आफ्नो धारणा समेत राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण